image
image

दोलखामा यस वर्ष राहदानी लिनेको संख्यामा कमि

काठमाडौँ, १४, साउन । दोलखामा यस वर्ष राहदानी लिनेको संख्यामा कमि आएको छ । गत आर्थिक वर्ष २०७६/०७७ को तुलनामा यस वर्ष जिल्लाबाट राहादानी लिनेको संख्यामा कमि आएको हो ।

दोलखामा गतआर्थिक वर्ष २०७६/०७७ मा १ हजार २ सय ४ जना महिला र १ हजार १ सय ३३ जना पुरुष गरि कुल २ हजार २ सय ३६ जनाले साधरण राहादानी लिएका थिए भने १ हजार १ सय २८ जना महिला र ९ सय २३ जना पुरुष गरि कुल २ हजार ५१ जनालाई दु्रत राहादानीका लागि जिल्लाबाट सिफारिस दिइएको थियो ।

जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ५ सय ७३ जनाले राहादानी लिएका छन् । जिल्लाबाट १ हजार १ सय ७२ पुरुष र ८ सय १४ महिला गरि कुल १ हजार ९ सय ८६ जनाले साधारण राहादानी लिएका छन् भने ६ सय ६ महिला र ९ सय ८१ जनापुरुष गरि कुल १ हजार ५ सय ८७ जनालाई द्रुत राहादानीका लागि सिफारिस दिइएको जिल्ला प्रशासन कार्यालय दोलखाका नायव सुब्बा नारायण प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

कोरोना भाइरस कोभिड १९ को प्रभावका कारण गतवर्षको तुलनामा यस वर्ष राहदानी लिनेको संख्या घटेको जिल्ला प्रशासनकार्यालय दोलखाले जनाएको छ । विदेश जाने युवाहरुलाई आफ्नै गाउँठाउँमा रोजगारी प्रदान गर्न सके राहादानी लिनेको संख्यामा यसैगरि कमि आउने सरोकारवालाहरुले बताउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।