image
image

विदुरमा पासाङल्हामु राजमार्ग भासिएपछि यातायात अवरुद्ध

काठमाडौँ, १४, साउन । अविरल वर्षापछि विदुरमा पासाङल्हामु राजमार्ग सवारी चलाउनै नमिल्ने गरी भासिएको छ । विदुर नगरपालिकाको वडा नं २ र ४ बीचको मैथली ब्यारेक खोल्सामा सडक भासिएको हो । 

सडक भासिएपछि काठमाडौंबाट आएका यातायात बट्टारबजारतर्फ र रसुवा तथा उत्तरी भेगबाट आएका सवारी विदुर बजारतर्फ रोकिएका छन् । अस्थायी रूपमा सडक सञ्चालनमा ल्याई साना सवारी पार गराउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । ‘सबै जनशक्ति लगाएर छिट्टै सडक सञ्चालनमा ल्याउँछौँ,’ उनले भने ।

सडक १० मिटर भासिएको छ । उक्त सडक गत वर्षदेखि नै जोखिममा परेको स्थानीयले बताएका छन् । सडक डिभिजन र गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाले माथिल्लो भाग मात्र कालोपत्र गरेर छाड्दा यस्तो अवस्था निम्तिएको उनीहरूको भनाइ छ ।

सडक भासिएको स्थानको मुनिपट्टि कल्भर्टसहितको सानो पुल छ । उक्त पुलमा धेरै ग्याबिन हालेर सडक बनाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।