image
image

आजबाट प्रिमियर इन्स्योरेन्सको ५ लाख ४२ हजार बढि कित्ता संस्थापक शेयर बिक्रीमा आयो

काठमाडौँ, १४, साउन । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आजबाट ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक शेयरको लिलामी विक्री खुला गरेको छ ।

लिलामी शेयरको मूल्य प्रतिशेयर न्यूनतम मूल्य ५०० रुपैयाँ तोकिएको छ । कम्पनीको लिलामी शेयरमा इच्छुक संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले खरिद गर्न सक्नेछन् । 

लिलामीको शेयर खरिदका लागि साउन २२ गतेसम्म उक्त शेयर लिलामीमा विक्री गर्न लागेको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

खरिदकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएको बोलपत्र स्वतः रद्द हुने कम्पनीले जानकारी दिएको छ ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ता शेयर माग गर्न सकिने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।