त्रिविमा विश्वमै पहिलो पटक सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन सुरु हुँदै
काठमाडौँ १३ साउन । नेपालको पहिलो विश्वविद्यालयमा विश्वमै पहिलो पटक सुशासन तथा भ्रष्टाचार निवारण विषयमा अध्ययन–अध्यापन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक वर्षदेखि स्नातकोत्तर तहमा दुई वर्षीय कार्यक्रम अन्तर्गत यो विषय अध्यापन गराउन लागेको हो ।
बुधवार त्रिवि प्राङ्गणमा आयोजित विषयगत परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रममा मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत उक्त विषयमा पठन पठन सुरु गरिने बताईएको छ । कार्यक्रममा उक्त विषयको पठन पठानले देशमा सुशासन कायम गर्न र भ्रष्टाचार कम गर्न मद्दत पुग्ने आशा राखिएको डिन प्रा. डा. कुसुम शाक्यले बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगमले आफूले यस विषय त्रिविमा प्रवेश गराउन विगत २५ वर्षदेखि प्रयत्नरत रहेको भन्दै अहिले प्रवेश पाएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रमका लागि संयोजक डा. योगेश रञ्जितले कार्यक्रम र पाठ्यक्रमबारे जानकारी गराउँदै दुई वर्षीय कार्यक्रममा जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीले पनि सुशासन तथा भ्रष्टाचार निवारण अध्ययनमा सहभागी हुन सक्ने, फर्म अनलाइन माध्यमबाट पनि भर्न सकिने र शुल्क पनि पूरा कार्यक्रमको न्यूनतम एक लाख ७३ हजार रुपैयाँ मात्रै राखिएको जानकारी गराउनुभयो ।

साथै कार्यक्रममा प्रा. डा. शिवराज अधिकारी, प्रा. डा. रविनकुमार आचार्य, ट्रान्सपेरेन्सी इन्टरनेशनलकी अध्यक्ष पद्मिनी प्रधानांग, राजनीति शास्त्रका प्राध्यापक गेहेन्द्र लाल मल्ल लगायतले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।