image

 रोलिङ जबले गर्‍यो अग्रणी 'क' वर्गको वाणिज्य बैंकको लागि नेपालमै पहिलो अडियो भिडियो प्रॉक्टर्ड (AI) अनलाइन लिखित परीक्षा; २०७८ श्रावणमा पाँच 'क' वर्ग वाणिज्य बैंकहरूको लागि परीक्षा सञ्चालन गर्ने तयारी

काठमाडौँ १३ साउन । रोलिङ जब, नेपालको प्रीमियम जब पोर्टल र रोलिंग नेक्ससको एक अंशले २५ असार २०७८, शुक्रवारका दिन सफलतापूर्वक अडियो भिडियो प्रॉक्टर्ड मास अनलाइन लिखित परीक्षा नेपाल एसबिआई बैंक लिमिटेडको लागि संचालन गरेको छ । अनलाइन परीक्षा जुनियर अफिसर, अफिसर र वरिष्ठ अफिसर तहका उम्मेदवारहरूको रोजगार पदहरूको लागि संचालन गरिएको थियो। त्यस्तै रोलिङ जबले साउन २०७८ मा नेपालका अग्रणी पान्च् (५) 'क' वर्गको वाणिज्य बैंकहरूको लागि अनलाइन लिखित परीक्षा लिने तयारी गरिरहेको रोलिंग जबका भाईस प्रेसिडेन्ट  (Vice President) प्रभाश् राईले जानकारी दिए। 

"हाम्रो अनलाइन लिखित परिक्षण प्रणालीलाई नेपालका 'क' वर्ग र 'ख' वर्गका बैंकहरूले राम्रोसँग स्वीकारेका छन् ।हामी नेपालको अर्को क' वर्गको  वाणिज्य बैंकको जुनियर् सहायक (Junior Assistant) पदको लागी लिखित परीक्षा, आगामी साउन २० गते  गर्दैछौ जसका लागि हामीले गत वैशाख महिनामा विज्ञापन प्रकाशित र सर्टलिस्ट गर्ने कार्य गरेका थियौं । हामी यस प्रणालीबाट एक पटक कुनै पनि संख्यामा उम्मेदवारहरुको अनलाइन टेस्ट गर्न सक्दछौं" राई थप्दछन्। उहाँको अनुसार अनलाइन मध्यम बाट आर्टिफिसियल इन्टेलिजेन्स ( AI) प्रविधिबाट घरमै बसी सामुहिक परिक्षा लिईएको यो पहिलो पटक हो।  

रोलिङ जब द्वारा ल्याईएको यो भिडियो प्रॉक्टर्ड मास अनलाइन लिखित परीक्षा प्रणालीका मुख्य सुविधाहरू निम्न छन्।  
१ .  यो प्रणाली कम्प्युटर याडप्टीभ प्रविधिको परिक्षा अन्तर्गत रोजगारी लागि कम्पनी छनोट, रोजगार परिक्षण, सिप परिक्षण तथा इन्ट्रान्स परिक्षण लगायत अन्य थुप्रै क्षेत्रको सिप परिक्षण गर्न सकिने एक नविनतम् प्रयोग हो ।
२. यो प्रणालीले परिक्षा सञ्चालन गर्दा निष्पक्षता सुनिश्चित गर्न प्रोक्टिङ्ग (proctoring) सफ्टवेयर प्रयोग गर्दछ जसले उम्मेद्वारको कम्प्यूटरको डेस्कटप, वेबक्याम भिडियो र अडियो अनुगमन गर्दछ। 

३.परीक्षण शुरू भएपछि नयाँ ट्याबहरू स्विच  गर्न अनुमति हुँदैन। परिक्षण लिने व्यक्ति परीक्षण स्क्रिनमा मात्र सीमित हुनपर्रनेछ।  यदि कुनै प्रयोगकर्ताले नयाँ ट्याब खोल्न प्रयास गरेमा उसलाई चेतावनी दिइन्छ र यदि कार्य दोहोरिएमा उम्मेदवार परीक्षाबाट अयोग्य  हुनुहुनेछ ।
४. बिजुली काटिएको वा इन्टरनेटको मामलामा, प्रयोगकर्ताले परीक्षण बन्द गरेकै बिन्दुबाट परीक्षण पुनःसुरु गर्न सक्दछ।
५ .परीक्षणको अवधि प्रणालीमा परिभाषित हुनेछ।  कति प्रश्नको  जवाफ दिईयो, कति बाँकी,  सम्धसोधनका लागि प्रश्न जान्न मिल्ने सुविधा पनि यस प्रणालीमा रहेको छ।  

अडियो भिडियो प्रॉक्टर्ड सामुहिक अनलाइन लिखित परीक्षा प्रणाली पछिल्लो १८ वर्षदेखि नेपालमा एचआर परामर्श सेवा दियिरहेको आई. एस. ओ ९००१-२०१५ प्रमाणित कम्पनी रोलिङ  प्लान्स् प्राइवेट लिमिटेडले विशेष गरी महामारीको कारणले परीक्षाहरू सम्पन्न गर्न नसकेका बैंक र वित्तीय संस्थाहरू, शैक्षिक संस्थानहरु  र अन्य कुनै पनि अनलाईन टेस्टमा जान चाहानेका लागि डिजाइन र विकास गरीएको छ । लिखित परीक्षण अनलाइन प्रणाली को बारे मा अधिक जानकारीका लगि 9801244360 वा [email protected]  सम्पर्क गर्न सकिने व्यहोरा राईले जानकारी दिनु भयो।  

वेबक्याम बाट परिक्षर्थिले एक्लै बसी परिक्षा दिईएको छ कि छैन AI ले नै निरीक्षण गर्दछ।  मोबाईल किताब र अन्य टिपोट हेर्ने काम अथवा अन्य व्यक्ति छ छैन भन्ने कुरा पनि निरीक्षणमा रहनेछ। त्यो गरिएको पाईएमा परिक्षा प्रवक्ताले परिक्षर्थिलाई अयोग्या ठहर गरि उसको लागि परिक्षा समाप्त गरिदिनेछ। त्यस्तै अडियो प्रोक्टिङ्गमा परिक्षर्थि बाहेक अन्य व्यक्तिले नक्कल गर्न मद्दत गरिएको आवाज पनि स्वत: प्रणालीले समात्नेछ र सो भएमा परिक्षा रद्द गरिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।