दोलखामा सुमो दुर्घटना हुदाँ ३ जना सामान्य घाईते
काठमाडौँ, १२, साउन । दोलखाको चरिकोटबाट तामाकोशी तर्फ जादै गरेको सुमो आज दुर्घटना हुदाँ ३जना सामान्य घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । जिल्लाको सदमुकाम चरिकोटबाट तामाकोशी तर्फ जादै गरेको ना १ ज ७१ ८० नम्वर सुमो किरातीछाप नजिकै दुर्घटना हुदाँ चालक सहित ३ जना घाईते हुनु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक अञ्जन कोईरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाईते हुनुहुनेमा गौरीशंकर गाउँपालिका वडा नम्वर १ का चालक कृष्ण बहादुर खत्री, विगु गाउँपालिका वडा नम्वर ५ का गेल्मु शेर्पा र कालिञ्चोक गाउँपालिका वडा नम्वर २ का दावा शेर्पा रहनु भएको छ । घाईते तीनै जनाको अहिले चरिकोट अस्पतालमा उपचार भईरहेको छ । ७ जना यात्रु सवार सुमो अनियन्त्रित भई दुर्घटना हुदाँ तीन जना घाईते हुनु भएको हो ।