image
image

चलचित्रकर्मीलाई खोप लगाउन आफ्नो विवरण पठाउन आग्रह

काठमाडौं, १२, साउन । नेपाल चलचित्र कलाकार संघले कोरोना भाइरस संक्रमण विरुद्धको  खोप लगाउन चलचित्रकर्मीहरुलाई आफ्नो विवरण पठाउन आग्रह गरेको छ । सरकारले चलचित्रकर्मीहरुलाई खोप लगाउने प्रवन्ध मिलाउने लिखित प्रतिवद्धता जनाएपछि कलाकार संघले विवरण माग गरेको छ । 

कोभिड–१९ विरुद्धको खोप लगाउने अभियानमा संस्थावाट खोप लगाउने चलचित्रकर्मीको नाम, ठेगाना र उमेर उल्लेख गरी साउन १३ गतेभित्र विवरण पठाउन संघका अध्यक्ष रवीन्द्र खड्काले आग्रह गरेका छन् ।“१५ गते खोप आए १६ गते र १६ गते खोप आए १७ गते खोप लगाउने स्वास्थ्य मन्त्रालयसँग सहमति भएको छ,” अध्यक्ष खड्काले भने, “त्यसैले १३ गतेभित्र विवरण पठाइदिन हाम्रो आग्रह छ ।”   

विवरण पठाउँदा १८ देखि ४९ वर्ष र ५० वर्षभन्दा माथिका नेपाली चलचित्रकर्मीको छुट्टाछुट्टै विवरण पठाई दिनसमेत उनले निर्देशक समाज, प्राविधिक संघ, द्वन्द्व निर्देशक समाज, चलचित्र निर्माता संघ, चलचित्र संघ लगायतलाई पत्राचार गरेको बताए । 

“खोप केन्द्र केहीदिनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोक्ने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनु भएको छ । यदि केन्द्रमा समस्या भए कलाकारहरुले भनेको ठाउँमा खोप लगाउने व्यवस्था गर्ने बताउनु भएको छ,” उनले भने । 

अध्यक्ष खड्काका अनुसार करिब तीन हजार चलचित्रकर्मीले खोप लगाउने अपेक्षा छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।