चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी
काठमाडौँ १२ साउन । बहुउपयोगी चिउरीका बिरुवा संरक्षण हुन नसक्दा यहाँका किसानले पर्याप्त मात्रामा मह उत्पादन गर्न सकिरहेका छैनन् । चितवनको कालिका नगरपालिकाको वडा नं ९, १० र ११ का सामुदायिक वनमा चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी आएको हो ।
कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा पशुचौपाया छाडा छोड्दा, डढेलो लगाउँदा तथा बर्सेनि आउने बाढीपहिराका कारण चिउरीका बोटबिरुवाको संरक्षण हुन नसकेको बताउँछन् । “डिभिजन वन कार्यालय, मौरीपालन विकास कार्यालयले चिउरीको बिरुवा उपलब्ध गराएको छ”, वडाध्यक्ष प्रजाले भने, “ती बिरुवा रोपिए पनि संरक्षण हुनसकेको छैन, जसका कारण मह उत्पादनमा समेत असर परेको छ ।”
उनका अनुसार कालिका–११ मा करिब चार हजार चिउरीका बिरुवा छन् तर संरक्षण हुन नसक्दा बिरुवाको सङ्ख्या घट्दै गइरहेको छ । बिरुवाको संरक्षण गर्न सम्बन्धित निकायले चासो नदिँदा चिउरी संरक्षणमा असर परिरहेको उनी बताउँछन् । वडा नं ११ को चित्राम सामुदायिक वन र इन्द्रेणी सामुदायिक वनमा चिउरी पाइन्छ ।
स्थानीयबासिले धेरथोर चिउरी रोप्ने काम भए पनि संरक्षण हुन नसक्दा मौरीपालन व्यवसाय फस्टाउन नसकेको बताउँछन् ।चेपाङ समुदायमा अझै पनि चिउरीको महत्व र यसका फाइदा बुझाउन सकिएको छैन, चेतना अभावका कारण पनि चिउरीको संरक्षण हुनसकेको छैन । चिउरीको फल सुकाएर तेल निकालिएको छ, यसको फल खाएर स्वस्थ जीवन जिउन पाइएको छ, यसको घाँसबाट गाई, भैँसी, बाख्रा पालिएको छ । यस्तो बहुउपयोगी फलको संरक्षणमा चासो कम भइरहेको छ ।