image
image

जसपाले बोलायो कार्यकारिणी समिति बैठक

काठमाडौँ, १२, साउन । जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष उपेन्द्र यादवले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका छन्। बालकुमारीस्थित पार्टी कार्यालयमा आज दिउँसो २ बस्ने बैठकमा निर्वाचन आयोगले आधिकारिकता दिएपछिको अवस्थाबारे छलफल हुने बताइएको छ।

जसपाको आधिकारिकताको विवादमा सोमबार निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिकता दिएको थियो। ५१ सदस्यीय कार्यकारिणी समितिमा यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका थिए। रेशम चौधरी तटस्थ बसेका थिए। अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरेका १६ जनालाई के गर्ने भन्ने विषयमा समेत छलफल हुने एक कार्यकारिणी सदस्यले सेतोपाटीलाई बताए।

त्यस्तै आजको बैठकमा संसदीय दलको विधानबारे समेत छलफल हुने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।