image
image

 जनकपुर विमानस्थलबाट वन्यजन्तुको छालासहित यात्रु पक्राउ

काठमाडौँ, १२, साउन । जनकपुर विमानस्थलबाट वन्यजन्तुको छालासहित एक यात्रु पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–११ खैरमारा घर भएका ४३ वर्षीय दोर्जे लामा रहेका छन्।

जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित विमानस्थलबाट लामालाई वन्यजन्तु सुनगोहरोको जस्तो देखिने दुई थान छालासहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जनकपुरबाट काठमाडौं जान लागेका लामालाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो। प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र छाला फेला पारेपछि उनलाई पक्राउ गरेको थियो। लामालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय धनुषाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।