image
image

गत आर्थिक वर्षमा आयात भन्दा  निर्यात बढी 

काठमाडौँ ११ साउन । कोरोना संक्रमण नियन्त्रणका लागि भएको लकडाउनका बीचमा पनि आर्थिक वर्ष २०७७/७८ मा २८.६६ प्रतिशतले आयात बढेको छ ।

आर्थिक वर्ष ०७६/७७ मा ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख रुपैयाँको वस्तु आयात गरेकोमा २०७७/७८ मा आयात बढेर १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँको आयात भएको छ । यो वृद्धि २८.६६ प्रतिशत हो ।

आर्थिक वर्ष २०७६/७७ मा ९७ अर्ब ७० करोड रुपैयाँको वस्तु निर्यात गरेकोमा ०७७/७८ मा निर्यात बढेर १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ । यो वृद्धि ४४.४३ प्रतिशत हो ।

विशेष गरी नेपालबाट भटमासको प्रशोधित तेल, गलैँचा, चिया, अलैँची जस्ता वस्तुहरू विश्वबजारमा निर्यात हुनेगर्छ ।

आर्थिक वर्ष २०७६/०७७ मा ३ खर्ब ५ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक २०७७/७८ मा राजस्व संकलन ह्वातै बढेर ४ खर्ब ४३ अर्ब २६ करोड भएको छ । यो वृछि ४५.१६ प्रतिशत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।