सुनको भाउ आज एक सय रुपैयाँले बढ्यो
काठमाडौँ, ११, साउन । सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।हिजो तोलाको ९२ हजार रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँ पुगेको हो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय ७० रुपैयाँ छ ।









