image
image

भारतमा बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या १२४ पुग्यो

काठमाडौँ, ११, साउन । भारतमा वर्षाका कारण आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय २४ पुगेको छ ।  अन्य दर्जनौँ हराइरहेका छन् । उनीहरुको खोजी कार्यमा उद्धारकर्मी जुटेका छन् । भारतीय मौसम विभागले अझै पनि केही दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ । 

भारतको महाराष्ट्र राज्यमा बिहीबार मुम्बइको दक्षिणमा रहेको ताल्यको पहाडी गाउँमा ठूलो पहिरोमा परी ४० को मृत्युसहित राज्यभर ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको छ । 

पहिरोमा कम्तिमा पनि ९९ जना हराइरहेका छन् । वर्षापछिको डुबानका कारण विद्युत सेवा अवरुद्ध हुँदा कोभिड–१९ को उपचार गराइरहेका ८ बिरामीको मृत्यु भएको थियो । भेन्टिलेटरमा उपचार गराइरहेका उनीहरुको विद्युत आपूर्ति बन्द हुँदा मृत्यु भएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।