१३ करोड लागतमा सञ्चालनमा आयो होटल एम्ब्रोसिया
काठमाडौँ, ११, साउन । दोलखा सदरमुकाम चरिकोटमा १३ करोडको लागतमा होटल एम्ब्रोसिया सञ्चालनमा आएको छ । चरिकोटका स्थानीय व्यवसायी दिनेश बस्नेतले उक्त लागानीका दुईतारे स्तरको होटल सञ्चालनमा ल्याएका हुन् । शनिवार उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसासद ढकालले एक कार्यक्रमका बीच होटलको उद्घाटन गरे ।
होटल स्थापनामा करीब १३ करोड लागननी भएको होटलका सञ्चालक बस्नेतले बताए । होटलमा सातओटा सुइट तथा २८ ओटा डिलक्स रुम छन् । ५०० जना क्ष्मताको सभाकक्ष तथा अन्डर ग्राउन्ड पार्किङको व्यवस्था भएको होटलमा एकैपटकमा ८० जनालाई सेवा पुर्याउन सकिने रेष्टुराँ रहेको सञ्चलक बस्नेतले जानकारी दिए । दोलखा मनोरम पहाडी जिल्ला भएकाले यहाँको पर्यटन क्षेत्रमा बढी सम्भावना देखेकाले आफूले होटल व्यवसायमा लागानी गरेको उनको भनाइ छ ।