साउन महिनाको दोस्रो सोमबार शिवको पूजाआजा गरिँदैः पशुपति मन्दिर नखुल्ने
काठमाडौं, ११, साउन। साउन महिनाको दोस्रो सोमबार आज हिन्दू धर्माबलम्बीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन्। साउनमा महिलाहरुले हरियो रंगका वस्त्र, चुरा, हरियो सिन्दुर र मेहन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन्।
शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यसवर्ष कोरोना भाइरस संक्रमण (कोभिड–१९) महामारीको जोखिमलाई मध्यनजर गर्दै पशुपतिनाथको मन्दिर खुला गरिएको छैन।
शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यसवर्ष कोरोना भाइरस संक्रमण (कोभिड–१९) महामारीको जोखिमलाई मध्यनजर गर्दै पशुपतिनाथको मन्दिर खुला गरिएको छैन।









