उपत्यकमा थपियो निषेधाज्ञा, अझै के के गर्न पाईन्न ?
काठमाडौँ १० साउन । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । आइतबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १० दिन थप गर्ने निर्णय गरेको हो ।
काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट साउन ११ गतेदेखि लागू हुने गरी थप गरिएको आदेश अनुसार जारी निषेधाज्ञा साउन २० गते सम्म थप गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्धारा जारी गरिएको आदेशमा भनिएको छ– कोभिड–१९ महामारीको रोकथाम तथा नियनत्रण सम्बनधमा नेपाm सरकार (मन्त्रीपरिषद्)को निर्णय, कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ३ र स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरि यस जिल्लामा मिती २०७८/०४/११ गतेबाट २०७८/०४/२० गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन पाइने छैन। साथै, खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने प्रशासनले जनाएको छ।