image
image

उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, यी विषयमा छलफलपछि निर्णय हुने

काठमाडौँ १० साउन । काठमाडौँ उपत्यकामा पछिल्लो पटक १० दिनको लागि थप गरिएको निषेधाज्ञा आज राति १२ बजेबाट सकिदैंछ। कोरोना संक्रमण बढिरहेकाले जारी निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ ।

मुख जिल्ला अधिकारी पराजुलीले संक्रमण बढिरहेकाले निषेधाज्ञा पुरै नहट्ने बताए । उनले सार्वजनिक सवारीसाधन खुलेपनि उपत्यकाभित्र रात्रि क्लब, पार्टी प्यालेस, होटेल, रेष्टुरेण्टमा कडाइ हुनसक्ने बताए ।

अहिले नै रात्रि व्यवसाय खुलाउन सक्ने अवस्था नभएको र  फिल्म हल र जीमखानाबारे आज छलफल गरेर निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।  आज  चार बजे तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर निर्णय हुने बताईएको छ । 
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।