image
image

सुधारतर्फ अगाडी बढ्यो मनसुन !

काठमाडौँ, नेपालमा मनसुनी प्रणाली केही दिनका लागि सामान्यतर्फ उन्मुख भएको छ । अब केही दिन लगातार वर्षा हुने छैन ।

नेपालको तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा भारततर्फ सरेसँगै नेपालमा मनसुनी गतिविधि सामान्यतर्फ उन्मुख बनेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् वरुण पौडेलले भन्नुभयो, “एक दुई दिनलाई अघिल्ला दिनहरूमा जस्तो लगातारको झरी वर्षाको सम्भावना देखिँदैन । कतै कतै हल्का र थोरै स्थानमा भारी वर्षा हुने क्रम यथावत् रहनेछ । ” शनिबार पनि देशका अधिकांश स्थानमा कम वर्षा भएको छ ।

उहाँले सोमबारबाट उच्च पहाडी र हिमाल छोएका जिल्लाहरूमा वर्षा हुने सम्भावना रहेको बताउनुभयो । महाशाखाले पूर्वानुमान गरेअनुसार आइतबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
-गोरखापत्रबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।