image
image

१० घण्टापछि खुल्यो पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग

काठमाडौँ, ९, साउन। पहिरोका कारण डडेल्धुरामा अवरुद्ध भएको भीमदत्त राजमार्ग १० घण्टापछि खुलेको छ । डडेल्धुराको आलीताल गाउँपालिका–१ को कटानस्थित शनिबार बिहानदेखि अवरुद्ध राजमार्ग डोजरले पहिरो पन्छाएर साँझ ५ बजे एकतर्फी रुपमा खुलाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० महेन्द्र नेपालले पहिरोका कारण अवरुद्ध राजमार्ग तत्काल एकतर्फी रुपमा खुलाएर रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको जानकारी दिए । तर अहिले पनि डोजरले पहिरो पन्छाइरहेकाले राजमार्ग दुुईतर्फी रुपमा सञ्चालनमा आउन अझै समय लाग्ने नेपाल बताउँछन् ।

उनकाअनुसार अहिले डडेल्धुराको आलीताल गाउँपालिका र गन्यापधुुरा गाउँपालिकाको डोजरले पहिरो पन्छ्याउन काम गरिरहेका छन् । सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा सयौंको संख्यामा सवारीसाधन दिनभरि डडेल्धुराको कटालमै रोकिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।