image
image

देशभर सकिन लाग्यो रोपाइँ

काठमाडौँ, ९, साउन । जेठ दोस्रो हप्तादेखि देशभर सुरु भएको धान रोपाइँ समपन्न हुने अवस्था आइपुगेको छ । कृषि विभागका अनुसार, हालसम्म ९० प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ सम्पाँ भएको जनाइएको छ । विभागका अनुसार, गत असारर ६ गतेसम्म मुलुकभर करिब ९० प्रतिशत रोपाइँ सम्पन्न् भएको छ । हालसम्म सुदुरपश्चिम प्रदेशमा सतप्रतिशत हाराहारी अर्थात ९६ प्रतिशत रोपाइँ पूरा भएको छ । धान उत्पादन बढी हुने प्रदेश नम्बरर १ मा भने ८० प्रतिशत मात्रै रोपाइँ भएको छ । 

गत असार ६ गतेसम्म प्रदेश नम्बर २मा ८८ प्रतिशत, बागमति प्रदेशमा ९० प्रतिशत गण्डकी प्रदेशमा ८७ प्रतिशत, लुम्बिबनी प्रदेशमा ९२ प्रतिशत र कर्णालीमा ९३ प्रतिशत रापाइँ सकिएको हो । विभागका अनुसारर, हालसम्म १३ लाख ७१ हजार ७०६ हेक्टर धान रोपाइँ हुने जमिनमध्ये १२ लाख १७ हजार ४११ हेक्टर रोपाइँ सम्पन्न भइसकेको छ । 

यसवर्ष गतवर्षको हाराहारीका रोपाइँ भएको देखिन्छ । गत वर्ष यसै समयमा देशभरर ९२ प्रतिशत रोपाइँ भएको थियो । अझै केही स्थानमा रोपाइँ गर्न बाँकी रहेका र केही ठाउँमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । उाउन तेस्रो हप्तासम्म देशभर सातप्रतिशत रोपाइँ हुने मन्त्रालयको लक्ष्य छ । 

मौसमले पनि साथ दिएको, मल र बीऊ भएको सहजताका कारउा यसवर्ष धाबालीको उत्पादन बढ्ने मन्त्रालयको पक्षेपण रहेको छ । कम्तस्मा ५ प्रतिशत हाराहारीमा धान उत्पादन बढ्ने मन्त्रालयको दाबी छ । गत वर्ष ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।