image
image

बैतडी अस्पतालमा कोरोना उपचारका लागि १० शय्या थप

काठमाडौँ, ९, साउन । कोरोना भाइरस संक्रमितको उपचारका लागि जिल्ला अस्पताल बैतडीमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ। अस्पतालले थप  १० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको हो। 

५० शय्याको निर्माणाधीन अस्पतालको भवनमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएकै बेला जिल्ला अस्पतालले कोरोना भाइरस महामारीसँग जुध्न थप १० शय्याको वार्ड सञ्चालनमा ल्याएको हो। यसअघि जिल्ला अस्पतालमा १८ शय्याको कोभिड वार्ड सञ्चालनमा थियो।

अस्पताललमा अब २८ शय्याको कोभिड वार्ड सञ्चालनमा आएसँगै कोभिडका बिरामीहरुलाई सहजै उपचार गराउन सहज हुने बताइएको छ। बैतडीमा अहिले सक्रिय संक्रमितको संख्या २७ रहेको छ भने कोरोनाबाट १८ जनाको मृत्यु भइसकेको छ। कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बैतडीका साउन १५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।