image
image

सर्लाहीबाट चरेशसहित तीन जना पक्राउ

काठमाडौँ, ९, साउन। सर्लाहीको मलंगवा नगरपालिका वडा नम्वर २ स्थित नेपाल भारतको सिमाबाट शुक्रबार राति अवैध लागूऔषध चरेशसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर साविक टिस्टुङ गाविस वडा नम्वर १ हाल थाहा नगरपालिका वडा नम्वर ११ बस्ने माईला तामाङको ५९ वर्षीय छोरा बिर बहादुर बल, मकवानपुरकै कैलाश गाउँपालिका वडा नम्वर ५ बस्ने बल बहादुरकाको २५ वर्षीय छोरा सुकराम पाख्री र काभ्रे नमीबुद्ध नगरपालिका वडा नम्वर ११ बस्ने आईत सिंह तामाङको छोरा सुकलाला तामाङलाई प्रहरी चौकी गोरखकाली र सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट मलंगबाट खटिएको संयुक्त टोलिले उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट लागूऔषध चरेश जस्तो पदार्थ ११ किलो १ सय ग्राम, र सुकलालको साथबाट १६ हजार भारु रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका उनिहरु विरुद्ध लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।