image
image

विदेश जाने घटे पनि बढ्यो रेमिट्यान्स


काठमाडौं २७ माघ ।पछिल्लो केही वर्ष यता नेपालको मुख्य आयस्रोत रेमिट्यान्स हो  । कोरोना कहरका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटे पनि रेमिट्यान्स आम्दानी भने वृद्धि भएको छ । अमेरिकी डलरको भाउ उच्च हुँदा पनि रेमिट्यान्स आम्दानी वृद्धि भएको हो ।
 
त्यस्तै कोभिडका कारण रेमिट्यान्स पठाउने अवैध माध्यम हुण्डी बन्द हुँदा बैंकिङ च्यानलबाट आउने रेमिट्यान्समा सकारात्मक प्रभाव परेको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा विदेशमा बस्ने नेपालीबाट ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा रेमिट्यान्स ११.१ प्रतिशतले वृद्धि भएको हो ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार हुन्डी कारोबार बन्द हुँदा औपचारिक माध्यमबाट रकम पठाउनेको संख्या वृद्धि भई सकारात्मक प्रभाव परेको हो । वार्षिक रुपमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा रेमिट्यान्स ०.५ प्रतिशतले घटेपनि साउनयता भने रेमिट्यान्स लगातार बढिरहेको बताएका छन् ।     
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।