image
image

कोरोना खोप लगाएकाको मृत्यु भएपछि दक्षिण अफ्रिकामा अनुसन्धान शुरु

काठमाडौँ ८ साउन । दक्षिण अफ्रिकामा अमेरिकी कम्पनीहरुले बनाएको कोरोना खोप लगाएका मानिसहरुको मृत्यु भएसँगै उक्त खोपबारे अनुसन्धान शुरु भएको छ । दक्षिण अफ्रिकाको स्वास्थ्य उत्पादन नियामक (सहप्रा)ले मृत्युको प्रत्यक्ष सम्बन्ध खोपसँग रहेको वा नरहेको भन्ने विषयमा अध्ययन गर्ने भएको हो ।

सहप्राका अनुसार मृत्यु हुनेमध्ये २४ जनाले फाइजरको खोप लगाएका थिए भने चार जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाएका थिए । सहप्राका अनुसार कोरोनाविरुद्धको खोप लगाएकामध्ये ३ हजार ७३० जनामा कोरोना खोपको असर देखिएको थियो ।




उनीहरुमध्ये २७९ जनाको अवस्था चिन्ताजनक थियो भने २८ जनाको मृत्यु भएको हो । साहप्राकी सीईओ बोइटुमेलो सेमेटे माकोकोट्लेका अनुसार नियामकहरुले अहिले कोरोना खोप लगाएका मानिसहरुमा देखिएको असरबारे अध्ययन गरिरहेका छन् । ‘कोरोना खोप लगाएका केही मानिसको मृत्यु भएको छ र यस विषयमा अध्ययन चलिरहेको छ । कोरोना खोप अभियान जारी रहे पनि हामीले मृत्युका घटनालाई नियालिरहेका छौं र आगामी दिनमा पनि नियमन जारी रहनेछ,’ उनले भनिन् ।

अहिलेसम्म दक्षिण अफ्रिकामा ५५ लाख मानिसले कोरोना खोप लगाएका छन् । जसमध्ये १० लाख मानिसलाई जोन्सन एण्ड जोन्सनको खोप दिइएको छ भने बाँकी ४५ लाखले फाइजरको खोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।