image
image

तीन महिनाभित्र एयरलाइन्समा दूग्धपदार्थ बिक्रि वितरण गर्ने डीडीसीको योजना

काठमाडौँ, ८, साउन । सरकारी स्वामित्वको दूग्ध विकास संस्थान(डीडीसी)ले आगामी तीन महिनाधित्र नेपाल एयरलाइन्सहमा दूग्धपदार्थ बिक्रि वितरण गर्ने लक्ष्य लिएको छ । नेपाल वायु सेवा निगमका जहाजहरुमा पनि स्वदेशी दूग्धपदार्थ बिक्रि गर्ने उद्धेश्यअनुरुप डीडीसीले दुग्धपदार्थ उत्पादन, प्रशोधन र प्याकेजिङका लागि तयारी थालेको छ ।

८ देखि १०  ग्रामको प्याकेटमा बटर उत्पादन गर्नका लागि मेसिन खरिद गर्न टेन्डर आह्वान गरी मुल्यांकनको अन्तिम चरणमा पुगेको छ । मेसिन खरिदका लागि २५ लाखको टेन्डर गरिएको र मुल्यांकन भइसकेपछि निश्चित प्याकेट दूधका आइटम उत्पादन सुरु हुने डीडीसीका महाप्रवन्धक रुद्रप्रसाद पौडेलले बताए । 

बटर उत्पादन गर्न मेसिन खरिद गर्न टेन्डर मुल्यांकनको चरणमा छौँ। मुल्यांकनको काम सम्पन्न भएपछि २ देखि ३ महिनाभित्र एइरलाइन्सहरुमा पनि दूधका आइटम वितरण गर्ने योजना छ, उनले भने । त्यसपछि डीडीसीले सूचना निकाल्ने जनाएको छ । खासगी, बटर, दही, चिजलगायतका दूग्धजन्य पदार्थलाई आकर्षक प्याकेजिङ र लेबलिङ गरेर एयरलाइन्समा वितरण गर्ने डीडीसीले जनाएको छ । 

अहिले एयरलाइन्सहरुमा प्रयोग हुने दूग्धपदार्थ तथा जुस सबै विदेशबाट आयात भइरहेको छ र आयातित त्यस्ता पेय पदार्थलाई निरुत्साहित गर्दै स्वदेशी दूग्धपदार्थको प्रयोग खपत बढाउन पनि डीडीसीले यो कार्यक्रमलाई अघि बढाएको छ । नेपाल वयु सेवा निगमका जहाजहरमा मात्रै वार्षिक डेढ अर्ब बढीको दूग्धजन्य पदार्थको माग रहेको जनाइएको छ । स्वदेशी दूग्धजन्य पदार्थ खपत हुन सकेका सो रकम विदेशिनबाट जोगिने देखिन्छ ।

डीडीसीका अनुसार, बटर वार्षिक रुपमा करिब ११ लाख प्याकेट खपत गर्ने गरी माग आएको छ । प्याकेजिङसहित प्रति प्याकेट १५ रुपैयाँका दरले ११ लाख प्याकेट एयरलाइन्सलाई बेच्दा डीडीसीले १ अर्ब ६५ करोड बराबरको कारोबार गर्नेछ । 
त्यस्तै, ५० एमएल लिटरको प्याकेटमा दही उत्पादन गरेर एयरलाइन्सलाई बेच्ने तयारी छ । धुलो दूध(एसएमपी), बटर, पनिर लगायतका दुग्ध पदार्थको खपत घटेको र मौज्दात थपिँदै जाँदा डीडीसीलाई चालू पूँजीमा समेत समस्या पर्दै आएको थियो । फलस्वरुप, किसानलाई भुक्तानी गर्नुपर्ने रकम दिन सकेको थिएन । 

दूग्ध पदार्थको खपत घट्दा चालू पूजीमा समेत समस्या परेकाले किसानको भुक्तानी दिन नसकेको अवस्थामा अर्थ मन्त्रालयले भने सहुलियतपूर्ण दरमा २० करोड रुपैयाँ ऋण डीडीसीलाई उपलव्ध गराएको थियो । अझै पनि दूग्ध किसानलाई डीडीसीले ३५ करोड भन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।