तलब वढाउन माग गर्दे माइतीघरमा शिक्षकहरुको धर्ना
काठमाडौं, ८, साउन। नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा आज धर्ना दिएको छन्। शिक्षकहरुले अफ्नो पेसागत पोसाकमा शुक्रबार तीन घण्टा धर्ना दिएको छन्। प्रारम्भिक बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउनपर्ने भन्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन्। यसका साथै सरकारले गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने र राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन्।









