image
image

यूएईमा ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार बढी सवारीचालक कारवाहीमा

काठमाडौँ, ८, साउन । यूएईका प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकलाई कारवाही गरेको छ। २०२१ को शुरुका ६ महिनामा प्रहरीले ४ हजार १ सय ३८ जना सवारी चालकलाई कारवाही गरेको छ। जेब्रा क्रसिङमा पैदल यात्रीलाई प्राथमिकता नदिएको आरोपमा उनीहरुलाई जरिवाना तिराएको हो।

त्यसरी नियम उल्लंघन गर्ने सवारीचालकलाई कारवाही स्वरुप ५ सय दिराम जरिवानाका साथै उनीहरूको लाइसेन्समा छ वटा काला धब्बाहरु लगाइदिने गरिएको बताइएको छ।

त्यस्तै, प्रहरीले ट्राफिकमा राखिएको सीसी क्यामेराको भिडियो पनि सार्वजनिक गरेको, र सो भिडियोबाट कस्ले नियम उल्लंघन गरेको छ भन्ने स्पष्ट देख्न सकिने समेत बताइएको छ। यूएईको कानुनमा पैदल यात्रीहरुले सडक पार गर्दा सवारी चालकहरुले क्रसिङमा आफ्नो सवारी रोक्नुपर्ने कुरा उल्लेख गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।