image
image

कृषि विकास बैंकको सेवा तीन दिनका लागि बन्द हुने

कृषि विकास बैंकको सेवा तीन दिनका लागि बन्द हुने
 


काठमाडौं, ८, साउन । कृषि विकास बैंकको सेवा तीन दिनका लागि बन्द हुने भएको छ । आज शुक्रबार दिउँसोदेखि आइतबार बिहानसम्म कैंकको सेवा प्रभावित हुने भएको हो । 

बैंकले हाल संचालनमा ल्याएको कोर बैंकिङ सिस्टम अपग्रेड गर्ने भएकोले आज दिउँसो २ः३० बजेदेखि आइतबार बिहान १० बजेसम्म बैंकको कोर बैंकिङ सिस्टम अन्तर्गत पर्ने सबै सेवा बन्द हुने बैंकले जनाएको हो । 

यस अवधिमा  मोबाइल बैंकिंग, इन्टरनेट बैंकिंग , एटिएम, क्रेडिट कार्ड, किसान क्रेडिट कार्ड लगायत सबै सेवा बन्द रहने बैंकले उल्लेख गरेको छ । 

बैंकले हाल प्रयोग गरिरहेको कोर बैंकिंग सफ्टवेयर Temenos-24   एप्लिकेसनको भर्जन R-16 लाई Version-R20 मा अपग्रेड गर्न लागेको जनाएको छ । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।