image
image

भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार भन्दा धेरै संक्रमित थपिए, ४८३ जनाको मृत्यु

काठमाडौँ, ८, साउन । भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार भन्दा धेरै नयाँ कोरोना संक्रमित फेला परेका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ३५ हजार ३ सय ४२ नयाँ संक्रमित फेला परेका हुन्।

यो अवधिमा ३८ हजार ७ सय ४० जना संक्रमणमुक्त भएका छन् भने ४८३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म भारतमा कुल संक्रमित हुनेको संख्या ३ करोड १२ लाख ९३ हजार भन्दा धेरै पुगेको छ।

ती मध्ये ३ करोड ४ लाख लाख ६८ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन् भने ४ लाख १९ हजार भन्दा धेरैले ज्यान गुमाएका छन्।

अहिले भारतमा ४ लाख ५ हजार भन्दा धेरै सक्रिय संक्रमित छन्।

भारतले आफ्ना ४२ करोड ३४ लाख भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।