ग्लोबल आईएमई क्यापिटल शनिबार पनि खुल्ला
काठमाडौं, ८, साउन। ग्लोबल आईएमई क्यापिटलले आगामी शनिबार कार्यालय खुल्ला राख्ने भएको छ।क्यापिटलले हकप्रद तथा शेयर भर्नेहरुलाई लक्षित गर्दै कार्यालय खुल्ला राख्ने भएको हो। एचआईडीसीएलको हकप्रद र मध्य भोटेकोशीको आयोजना प्रभावितको शेयर आवेदन लिनका लागि साउन ९ गते शनिबार नक्सालस्थित क्यापिटलको मुख्य कार्यालय बिहान १० बजेदेखि ३ बजेसम्म खुल्ला राख्ने क्यापिटलले जानकारी दिएको छ।शेयर आवेदनका अलावा अन्य सेवा पनि उपलब्ध गराउने क्याटिलले जनाएको छ।









