image
image

तीन दिनभित्र २५ लाख मात्रा खोप आउने

काठमाडौँ ७ साउन  ।  चीनको राजधानी बेइजिङबाट कोरोनाविरुद्धको भेरोसेल खोप थप आठ लाख मात्रा बिहीबार काठमाडौँ आइपुगेको छ । नेपाल सरकारले खरिद गरेको खोप आज दिउँसो साढे २ काठमाडौँ आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  


चीनसँग खरिद गरेको खोप यसअघि असार २५ गते नेपाल एयरलाइन्सकै विमानले ८ लाख मात्रा खोप ल्याएको थियो ।  खोप ल्याएको विमान आज नै खोप लिनका लागि पुनः बेइजिङ जाने कार्यतालिका रहेको छ ।

नेपालमा अबको तीन दिनभित्र २५ लाख मात्रा खोप आउने छ । अब साउन ९ गते खोप लिन पुनः नेपाल एयरलाइन्सको विमान बेइजिङ जाने छ । चीन सरकारले यसअघि अनुदान सहयोगमा १८ लाख मात्रा खोप नेपाललाई उपलब्ध गराएको थियो ।



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।