image
image

चीनबाट थप १० लाख भेरोसेल खोप नेपाल आइपुग्यो

काठमाडौँ, ७, साउन । सरकारले चीनसँग खरिद गरेको कोरोना भाइरस संक्रमण महामारी विरुद्धको थप १० लाख डोज खोप नेपाल आइपुगेको छ । बेइजिङबाट १० लाख भेरोसेल खोप लिएर नेपाल वायुसेवा निगमको २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

खोप ल्याएर आएको जहाज आज राति पुनः बेइजिङ जाने कार्यतालिका रहेको छ । यससँगै साउन ९ गते चौथो खेपका लागि एयरलाइन्सको जहाज चीन जानेछ । चीनबाट अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि चीनले १८ लाख खोप अनुदानमा दिएको थियो । चिनबाट ल्याइएको भेरोसेल खोप यस अघि खोप अभियान सञ्चालन नभएको ठाउँमा पठाइने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।