image
image

होन्डाको नाममा ‘स्पाम’ आतंक भएको भन्दै नझुक्किन कम्पनीको आग्रह

काठमाडौं, ७, साउन। जापानी कार तथा मोटरसाइकल निर्माता होन्डाको ७०औं वार्षिकोत्सवको शुभकामनासहितको म्यासेज लिंक यतिबेला म्यासेन्जरमा फैलिइरहेको छ । होन्डाको बाइक जित्न सकिने भन्दै आएको उक्त म्यासेजमा कुनै सत्यता नभएको कम्पनीले जनाएको छ ।

होन्डा नेपालले बिहीवार एक सूचना जारी गर्दै प्रयोगकर्तालाई उक्त स्पामबाट सुरक्षित रहन आग्रह गरेको हो । ‘होन्डा नेपालले त्यस्तो खालको कुनै अभियान सञ्चालनमा ल्याएको छैन,’ कम्पनीले जारी गरिएको सूचनामा भनिएको छ, ‘त्यसैले त्यस्ता म्यासेजबाट टाढै रहेर सुरक्षित रहनुहोस् ।’

त्यसरी स्पामको रुपमा फैलिएको म्यासेजको लिंकमा क्लिक गरेपछि स्कुटर उपहार जितेको सन्देशसहित केही नियमहरू राखिन्छ । उक्त लिंकसहितको म्यासेज पाँच वटा ग्रुप अथवा कम्तिमा २० जनालाई पठाउनुपर्ने र आफ्नो ठेगाना दर्ता गराउनुपर्ने सर्त पनि राखिएको छ ।

त्यसपछि ५ देखि ७ दिनभित्रमा स्कुटर डेलिभर गरिने उल्लेख गरिएको छ ।

यी सबै कुरा स्पाममात्रै भएकाले आफ्नो गोपनीयताका लागि भएता पनि त्यस्ता म्यासेज लिंक नखोल्न कम्पनीले आग्रह गरेको हो । यदि तपाईंले त्यस्ता लिंकमा क्लिक गरेको खण्डमा सम्बन्धित सूचना संकलन गर्ने लगायतको काम हुने भएकाले पनि सुरक्षित हुन आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।