आयल निगमको सबै कारोबार एउटै अनलाइन प्रणालीमा
काठमाडौं, ५, साउन। नेपाल आयल निगमले एकीकृत सूचना प्रविधिमा आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ प्रणाली (ईआरपी० कार्यान्वयनमा ल्याएको छ । एक वर्षको तयारीपछि ईआरपीको कार्यान्वयन सुरु भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
पहिलो चरणमा आइतबारदेखि देशैभरका निगमको डिपोहरुबाट विद्युतीय लेखा प्रणालीमा आधारित भुक्तानी सेवा सुरु भएको उनले बताए । ‘निगमसँग तेल खरिद गर्ने व्यापारीहरु अब घरमै बसेर विद्युतीय प्रणालीमा आधारित कारोबार गर्न सक्छन्, निगमको र लेखा प्रशासन अब विद्युतीय भएको छ,’ प्रवक्ता उपाध्यायले भने । अब देखि निगमले उपलब्ध गराएको युजर नाम र पासवर्डबाट प्रणालीमै व्यवसायीले तेलको अर्डर गर्न र त्यसको भुक्तानी पनि गर्न सक्ने उनको भनाइ छ ।
विद्युतीय माग र भुक्तानीकै आधारमा डिपोमा पुग्ने ट्यांकरमा तेल लोड हुने हुँदा निगममा बैंक भौचर र नगद कारोबारको युगको अन्त्य भएको प्रवक्ता उपाध्यायले बताए । ईआरपी अन्र्तगतको विद्युतीय कारोबारको थालनीको आइतबार निगमको सूदुरपश्चिम प्रादेशिक कार्यालयबाट गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए ।‘आइतबार हामीले सुदुरपश्चिम प्रदेशबाट विद्युतीय बिल जारी गरेका छौं, देशैभरका डिपोहरुमा यो प्रयोग भइरहेको छ,’ कार्यकारी निर्देशक पौडेलले भने ।
ईआरपीको बिभिन्न टुल्सहरुमध्ये पहिलो चरणमा निगमको सबै कारोबार विद्युतीय र डिजिटल बैकिङमा आधारित भएको उनले बताए । निगमको बागमति प्रादेशिक डिपोले नयाँ प्रविधिमा आधारित बिलिङ प्रणालीबाट सोमबार ठूलो मात्रामा डिजेल, पेट्रोल र मटीतेलको कारोबार गरेको दाबी गरेको छ । एकै दिन ९ लाख ३२ हजार लिटर पेट्रोल, ७ लाख ७६ हजार लिटर डिजेल र २० हजार लिटर मटितेलको कारोबार इआरपी बिलिङ प्रणालीबाट गरिएको डिपो प्रमुख अभिशेष ठाकुरले बताए ।
पहिले निगमको खातामा रकम डिपोजिट गरेर भौचर लिएर ट्यांकर डिपोमा आउनुपर्नेमा अब त्यो झन्झट हटेको ठाकुरले बताए । ‘व्यवसायीले ईआरपी प्रणालीको यूजरमार्फत तेल अर्डर गरेर कनेक्ट आईपीएसमार्फत निगमको खातामा रकम भक्तानी गर्छन, त्यो जानकारी सिस्टमले हामीलाई दिन्छ, अनि हामी तेलको डेलिभरी दिन्छौं,’ डिपो प्रमुख ठाकुरले भने । नयाँ प्रणालीपछि निगमको सेवा प्रवाहमा निकै चुस्तता आएको उनले दाबी गरे ।
देशकै सबैभन्दा ठुलो इन्धन भण्डारण डिपो अमलेखगञ्जले नयाँ प्रणालीबाट शतप्रतिशत कारोबार गरेको डिपो प्रमुख प्रदीप कुमार यादवले बताए । पहिलो दिन तीन गते ५० लाख लिटर, चार गते ४० लाख लिटर र मंगलबार ४३ लाख लिटर इन्धन डिपोबाट नयाँ प्रणालीमार्फत बिक्री गरिएको प्रमुख यादवले जानकारी दिए । निगमका प्रवक्ता विनितमणि उपाध्यायकाअनुसार अहिले सातै प्रदेशका डिपोहरुमा यो प्रणालीबाट परिक्षण र सुधारसहितको सेवा प्रवाह भइरहेको छ ।
निगमले लागू गरेको प्रणाली नयाँ भएका कारण ब्यावहारिक सञ्चालनमा समस्या देखिएको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसिएसनले जनाएको छ । ‘व्यवसायीले गरेको भुक्तानीको बिल निस्कन समस्या भएको छ । जनकपुर र दाङमा धेरै समस्या आएको गुनासो आएको छ,’ एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले भने । पुरानो प्रणाली यथावत राखेर नयाँ पनि प्रयोग गर्दै जानु पर्नेमा निगमले पुरानो भत्काएर नयाँ लागू गर्दा केही समस्या देखिएको प्रधानको भनाइ छ । प्रणाली सहज कार्यान्वयनका लागि व्यवसायीलाई तालिम दिइनुपर्ने पनि उनले बताए ।