image
image

अब घरमै बसेर उद्योग दर्ता गर्न सकिने

काठमाडौँ ६ साउन । अब घरमै बसेर उद्योग दर्ता गर्न सकिने भएको छ। उद्योग विभागले यसै आर्थिक वर्षभित्र घरमै बसेर उद्योग दर्ता गर्न सकिने व्यवस्थामा लागि अनलाइन प्रणालीको विकास प्रोयोग्मा ल्याउने भएको छ ।

उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले घरमै बसेर आवेदन दिने र सर्टिफिकेट पाउने व्यवस्था गर्नका लागि अनलाइन प्रणालीको विकासका लागि टेण्डर भइसकेको बताएका छन् । उद्योगदर्ता गर्न चाहिने कागजात, नागरिकता, स्थानीय निकायको सिफारिस, आयोजना प्रतिवेदनजस्ता कागजातका लागि  विभागले विकसित गरेको फरम्याट अर्थात चेक लिस्ट  बनेको छ । सो चेकलिस्टबाट जानकारी लिन सकिने विभागले जनाएको छ ।
 
विदेशी लगानीको स्वीकृति, उद्योग दर्ता जस्ता विषयलाई अटोमेसनमा लैजान खोजेको विभागको भनाइ छ । विभागलाई पूर्णतया अटोमेसन बनाउन कन्ट्याटर प्याटर्न डिजाइन ट्रेडमार्कको काम भइरहेको छ ।  एउटा उद्योग दर्ता गर्न स–साना  कागजात नपुग्दा पटक–पटक विभाग धाउनुपर्ने र अनेकौं सास्तीका बीच बल्ल काम हुने गुनासो ग्राहकहरूबाट बढ्दै गएको छ । यसै गुनासो समाधानका लागि अनलाइन प्रणाली विकास गर्न लागिएको हो । विभागमा ६ अर्बभन्दा कम पुँजीका लगानी स्वीकृति हुन्छ । 

स्थिर जेथा दश करोड रुपैयाँभन्दा बढी भएको मझौला तथा ठूला उद्योगहरु र विदेशी लगानी संलग्न सबै किसिमका उद्योगहरु यस विभागको कार्य क्षेत्रभित्र पर्दछन । यसैगरी उद्योग व्यवसायमा हुने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्वन्धी र औद्योगिक सम्पत्ति संरक्षणसम्बन्धी कार्यहरु पनि यस विभागको कार्य क्षेत्रभित्र पर्दछन् ।     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।