image
image

रहेनन् आधुनिक चित्रकलाका प्रवर्तक उत्तम नेपाली

काठमाडौँ, ६, साउन । नेपाली आधुनिक चित्रकलाका शिखर व्यक्ति उत्तम नेपालीको निधन भएको छ । काठमाण्डौ किलागल टोलमा विसं १९९४ बैशाख १८ गते जन्मिएका नेपालीको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा निधन भएको हो ।

केही वर्षअघि अमेरिका भ्रमणका क्रममा हृदयघात भएपछि बिरामी परेका नेपालीलाई फोक्सोको समस्या भएको थियो । उहाँको आजै अन्त्येष्टि गर्ने तयारी छ । नेपालीसँग निजामती सेवाको पनि लामो अनुभव थियो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य नेपालीले चौध पटकभन्दा बढी एकल चित्रकला प्रदर्शनी गर्नुभएको थियो ।

चित्रकार नेपालीको साहित्य लेखनी पनि सशक्त मानिन्छ । उहाँका लेख, रचना र कविता पहिलोपटक २०२१ सालमा मधुपर्कमा प्रकाशित भएका थिए । उहाँको ‘बिना शीर्षक’ कविता सङ्ग्रह २०६१ सालमा प्रकाशित भएको थियो । उहाँ राष्ट्रिय प्रतिभा पुरस्कार २०५४ र सुप्रबल जनसेवा श्री तृतीय पदकबाट पनि सम्मानित हुनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।