image
image

नदीमा बगेका दुई बालिका अझै बेपत्ता

काठमाडौँ  ५ साउन  । हिजो दिउँसो पौडी खेल्ने क्रममा प्युठानको माडी नदीमा बगेर बेपत्ता भएका दुई बालिकाको अवस्था अझै पनि अज्ञात रहेको छ ।


जिल्लाको सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापा मगरकी सात वर्षीया छोरी शर्मिला थापा मगर  नदीमा पौडी खेल्नेक्रममा बेपत्ता भएका थिए । उनीहरूको खोजी कार्य जारी रहे पनि अझै भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले रातोपाटीलाई बताए  ।

 घरबाट बाख्रा चराउन गएका बालिका नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएको स्थानीयवासीको भनाई रहेको प्रहरीले जनाएको छ । अहिले स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको मल्लले बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।