image
image

दाङमा ९ हजार बाँस रोपियो

काठमाडौँ, ५, साउन । घोराही उपमहानगरपालिकाका ६, तुलसीपुर उपमहानगरपालिकाका, बबई गाउँपालिकाका ३ र दंगिशरणका गाउँपालिकाका एउटा सामुदायिक वन क्षेत्रमा बाँस रोपिएको छ। प्रति दुई मिटरको दुरीमा बाँस रोपिएको छ। एक किलोमिटरमा करिब पाँच सय बाँस रोपिएको छ।

तारबारसहित यो वर्ष ९ हजार बाँस रोपिएको हो। जस्का लागि खरिद, संकलन र ढुवानी खर्च वापत प्रति राइजोम (बाँसको गाना)  बापत दुई सय रुपैयाँ कार्यालयले बाँस रोप्ने सामुदायिक वन समूहलाई प्रदान गरेको छ ।

डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले बढ्दो वन क्षेत्र अतिक्रमण नियन्त्रण गर्दै वन क्षेत्रको नजिकमा हुने मानव वन्यजन्तु द्वन्द्व कम गर्न बाँस रोप्ने अभियान चलाइएको बताए।

दाङका १२ वटा सामुदायिक वन क्षेत्रको करिब १९ किलोमिटर क्षेत्रमा बाँस रोपिएको उनले जानकारी दिए। लुम्विनी प्रदेश सरकारको प्राथमिकता प्राप्त कार्यक्रम अन्तगत दाङको उच्च जोखिम क्षेत्रमा बाँस रोपिएको हो।

बस्ती नजिकको वन क्षेत्र बर्षेनी अतिक्रमण हुने, बन्यजन्तु मानव बस्तिमा आएर मानवीय र धनजनको क्षती पुर्‍याउन थालेपछि त्यसको रोकथाममा सहयोग पुगोस् भनेर बाँस रोपिएको कार्यालयले जनाएको छ।

बाँस चाँडै हुर्कने हुँदा वन र बस्तीबीचको स्थायी सीमाको काम गर्ने गर्छ। त्यस्तै बाँस बहुउपयोगी भएकाले किसानहरुले त्यसमार्फत् आयआर्जन गर्न सक्ने, वन क्षेत्रको वरिपरिका बस्तीले बर्षेनी आफ्नो सीमा बढाउँदै वन क्षेत्र अतिक्रमण गर्ने कार्य न्यूनिकरण हुने आशा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।