३ लाख ५ हजार टन मल खरिद, यसवर्ष चीनबाट पनि मल ल्याइने
काठमाडौं, ४, साउन । गत आर्थिक वर्ष २०७७/०७८ मा छुट्याइएको बजेटले ३ लाख ५ हजार मेट्रिक टन मल खरिद भएको छ । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले हालसम्म २ लाख ७५ हजार मेट्रिक टन मल खरिद भइसकेको र बाँकी ३० हजार मेट्रिक टन बाटोमा आउँदै गरेको(अन द रुट) मै रहेको जनाएको छ ।
कम्पनीका प्रवक्ता विष्णु पोखरेलले हालसम्म युरिया, डिएपी र पोटास गरी २ लाख २५ हजार ३८६ मेट्रिक टन मल किसानलाई वितरण गरिसकिएको बताए । त्यसमध्ये करिब ५० हजार टन मल मौज्दात रहेको बताए । जसमध्ये २० हजार ६४५ मेट्रिक टन युरिया र १० हजार मेट्रिक टन मल बाटोमा आउँदै गरेको छ ।
त्यस्तै, १५ हजार ९५ मेट्रिक टन डिएपी मौज्दात रहेको कृषि सामग्री कम्पनीले जनाएको छ भने पोटास २ हजार ३ सय मेटिक टन मौज्दात रहेको छ । धान रोपाइँको सिजन भएकाले आवश्यक पर्ने रासायनिक मल पर्याप्त नै रहेको कम्पनीले जनाएको छ । अहिले देशभर ७६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ ।
अघिल्लो आव २०७६/०७७ मा कृषि सामग्री कम्पनीले २ लाख ५९ हजार टन मल खरिद गरेको थियो ।अघिल्लो वर्षको तुलनामा केही बजेट थपिएकाले मलको आपूर्ति बढेको देखिन्छ । र, चालू आवमा पनि अनुदानमा आधारित मल खरिदका लागि सरकारले १२ अर्ब रुपैयाँ छुट्याएको छ ।
आउँदो वर्षका लागि भने मलको अन्र्तराष्ट्रिय मूल्य बढ्दै गएको छ । गत सन २०२० सेप्टेम्बरदेखि मलको अन्र्तराष्ट्रिय मूल्य क्रमिक रुपमा बढेको छ । त्यसयता, गत फेब्रअरीदेखि अत्याधिक रुपले बढिरहेको छ ।
चीनबाट पनि मल आउँदै
चालू आवमा कम्पनीले उत्तरी नाका चीनको तातोपानी हुँदै ल्याउने गरी दुईओटा ठेक्का निकाल्ने भएको छ । ठेक्का सम्झौता भइकन पनि प्रतितपत्र९एलसी० खुलेर ‘सीपमेन्ट’ हुने क्रममा रहेको पोखरेलले बताए । यसवर्ष उत्तरी नाकाबाट १० हजार टन युरिया र ५ हजार टन डीएपी गरी कुल १५ हजार टन मल आउनेछ ।