image
image

जनकपुरबाट भारतको जयनगर पुग्यो रेल

काठमाडौँ, ४, साउन । जयनगर रेल्वे लिकको सफल परीक्षण गरिएको छ । रेल सञ्चालनको लागि लिकको अवस्था बुझ्न आइतबार त्यसको गति परीक्षण गरिएको हो । जनकपुरको कुर्था स्टेशनदेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर मार्गमा भारतीय इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेल कुदाएर लिकको परीक्षण गरिएको हो 

रेल सञ्चालनको पूर्वलयारीको लागि रेल्वे ट्रयाक स्पिड टेस्ट र सर्टिफिकेसन गर्न भारतीय रेल जनकपुरको कुर्था स्टेशनबाट १२० किलोमिटर प्रतिघण्टाको गतिमा भारतको जयनगर पुगेको थियो । जसमा जनकपुरबाट ३५ किलोमिटरको यात्रा तय गरेर जयनगर पुग्न रेललाई २३ मिनेट मात्र लागेको रेल्वे विभागका साइड इन्जिनियर विनोद आझाले जानकारी दिए । रेल्वे ट्रयाकको परीक्षण सफल भएको छ , यसले अब रेल गुडाउन लिक पूर्ण सक्ष्म एवं तयारी अवस्थामा छ भन्ने देखिएको छ । अब यो लिकमा मज्जाले प्रतिघण्टा १२० किमीको गतिमा ररेल कुदाउन सकिन्छ । 

सफल परीक्षण पश्चात रेल्वे कि निर्माणत गर्ने भारतीय इकन इन्टरनेसनल कम्पनीलाई प्रमाणपत्र प्रदन अर्थात सर्टिफिकेसनको काम पूरा भएको छ । लिकको सफल परीक्षण भएपनि रेल संचालन भने अझै अन्यौलमै छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नभएको कारण संरचना हस्तान्तरणमा ढिलाइ भइरहेको नेपाल रेल कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले जानकारी दिए । 

नेतृत्व नभएसम्म रेल सञ्चलानको ठया्क्कै मिति मन्न नसकिने उनको भनाइ छ । रेल संचालनका लागि दुई सय जनशक्तिलाई तालिम दिएर तयारी अवस्थामा राखिएको छ । भारतीय जनशक्ति समेत तयारी अवस्थामा छन् । यातायात मन्त्रालयमा मन्त्री आएपछि रेलमार्ग हस्तान्तरण हुने र रेला संचअलन गरिने उनले जानकारी दिए । भारतबाट खरिद गरिएको दुईसेट रेल १० महिनादेखि धनुषाको इनरुवामा त्रिपाल ओढाएर राखिएको छ । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।