आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना
काठमाडौं, ४, साउन।आज दिउँसो र राति देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।
साथै सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ। अहिले प्रदेश–१, गण्डकी, बागमती र सुदूरपश्चिमका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।
साथै सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ। अहिले प्रदेश–१, गण्डकी, बागमती र सुदूरपश्चिमका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।









