image
image

रचनात्मक प्रतिपक्षको भूमिकामा बस्छौँ : प्रदीप ज्ञवाली

काठमाडौँ  ३ असार । पूर्वमन्त्री प्रदीप ज्ञवालीले नेकपा एमाले रचनात्मक प्रतिपक्षको भूमिकामा रहने प्रस्ट पारेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसदसमेत रहेका उनले राष्ट्रियताको सवालमा चौबीसै घण्टा आँखा झिमिक्क नपारी नियालिरहने बताए ।


‘अहिले देख्नुभयो होला नि, प्रतिपक्ष कस्तो हुनुपर्ने रहेछ,’ उनले आजकै प्रतिनिधिसभाको पहिलो बैठकमा विभिन्न अध्यादेश पेस गर्न प्रतिपक्षले सघाएकोतर्फ संकेत गर्दै भने । उनले यसअघि केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा अध्यादेश पेस गर्न खोज्दा प्रतिपक्षी दलले अवरोध गरेकोमा असन्तुष्टिसमेत जनाए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि राख्दै आफूहरुले विश्वासको मत दिन नसक्ने पनि प्रस्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।