image
image

 बाघको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौँ, ३, साउन । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मोतिपुर बस्ने ७० वर्षीय गोरे थापामाथि बाघले आक्रमण गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

उनको शव आइतबार बिहान ८ बजे वडा नम्बर ६ स्थित ओरही पुलदेखि करिब ५ सय मिटर तल फेला परेको हो। उनी शनिबारदेखि बेपत्ता थिए।शनिबार उनी शिवपुरफाँटा सामुदायिक वनमा भैंसी चराउन गएका थिए। उनीसँगै गएका व्यक्तिहरू फर्किएपनि गोरे रातिसम्म फर्किएका थिएनन्।

फेला नपरेपछि राति आठ बजे अस्थाई प्रहरी पोष्ट बकुवामा प्रहरीलाई खबर भएको थियो। सो खबरसँगै बर्दिया राष्ट्रिय निकुञ्जबाट जम्दार जयबहादुर चन्दको कमाण्डमा ८ जना र तीन वटा हात्तीसहितको टोली खटिएको थियो।

खोजी गर्ने क्रममा उनको बिहान शव फेला परेको प्रहरी उपरीक्षक कार्कीले बताए। बाघको आक्रमणले थापाको टाउको र शरीर छुट्टिएको थियो। दाहिने खुट्टा पनि छुट्टिएको थियो।

रातिदेखि हात्तीसहितको टोलीले खोजी गरेपछि आज बिहान शव फेला पर्‍यो। बाघले नै आक्रमण गरेको हो भन्ने निश्चित भयो, उनले भने, शव भेटिएको ठाउँमा बाघको पैतालाको छाप देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।