image
image

नबिल बैंकले साउन १० गतेदेखि  ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने 

काठमाडौँ, ३, साउन । नबिल बैंक लिमिटेडले साउन १० गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बार्षिक ८ प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र  १००० रुपैयाँ अंकित मूल्यको उक्त ऋणपत्र निष्काशन गर्न लागेको हो । 

बैंकले ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ कूल ऋणपत्रमध्येबाट १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने जानकारी दिएको छ । बैंकले निष्काशन तथा बिक्री गर्ने उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम् सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । 

त्यस्तै, बिक्री प्रबन्धक हिमालन क्यापिटलका अनुसार १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट र सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रबाट ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । 

ऋणत्र खरिदका लागि छिटो मिति साउन १३ गते र सो समयमा पर्याप्त मात्रामा आवेदन नपरे असार २४ गतेसम्म आवेदन दिनुपर्नेछ । बैंकलाई इक्रा नेपालले निकै कम कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर डबल ए माइनस’ रेटिङ प्रदान गरेको छ ।  

बैंकको उक्त ऋणपत्र खरिदका लागि बिक्री प्रबन्धक हिमालयन क्यापिटल तथा आस्बा सेवा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।