नयाँ जहाजको आगमन सँगै दैनिक १ सयभन्दा बढी उडान भर्दै बुद्ध एयर
काठमाडौं माघ २६ । नेपालको निजि विमानसेवा कम्पनी मध्य सबैभन्दा लामो समय नेपाली आकासमा उडान भर्ने नेपाली बिमान कम्पनि बुद्ध एयरले दैनिक उडान बढाए आफ्नो व्यापार आक्रामक बनाएको छ ।
बुद्ध एयर मार्केटिङ सेल्स निर्देशक रुपेश जोशीका अनुसार अब दैनिक १०० भन्दा बढी उडान तथा अवतरण गर्ने तालिका बनाईएको छ। जसबाट यात्रुले आफुखुशी अनुकुल समयमा हवाई यात्रा गर्नसक्छन् ।
नयाँ जहाजको आगमन सँगै बुद्ध एयरले काठमाडौं वाहेक विराटनगर, भैरहवा र जनकपुरबाट पनि एकाबिहानै उडान भर्ने कार्यतालिका बनाएको छ ।थपिएको जहाजपछि बुद्ध एयरसँग ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज हुनेछन् ।
बुद्ध एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक काठमाडौं र पोखराबाट माउन्टेन फ्लाइट पनि गरिरहेको छ ।