आज यी दुई प्रदेशमा धेरै भारी वर्षाको छ सम्भावना
काठमाडौं, ३, साउन। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो तथा राति सुदुरपश्चिम र लुम्बिनीका केही स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।प्रदेश–१, बागमती र गण्डकीका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुनेछ।
“पहाडी भू–भागमा भू–क्षय,पहिरो तथा गेग्रान बहावको जोखिम रहेको,नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन सबैमा अनुरोध छ”,महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।