प्रतिस्थापन विधेयकको तयारीमा सरकार
काठमाडौँ - केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट वर्तमान शेरबहादुर देउवाको सरकारले संसद्मा पेश गर्ने तयारी गरेको छ । यसका साथै प्रतिस्थापन विधेयक पनि अघि बढाउने सरकारको तयारी छ ।
प्रतिनिधिसभा नभएको समयमा ल्याइएको अध्यादेशलाई निरन्तरता दिनुपर्ने अवस्थामा प्रतिस्थापन विधेयक ल्याइने संविधानविद् बताउँछन् । ‘प्रतिस्थापन गर्दा हुबहु त्यही बजेट आउन पनि सक्छ । त्यसलाई संशोधन गरेर ल्याउन पनि सकिन्छ,’ संविधानविद् हरिहर दाहाल भन्छन् ।
आइतबारदेखि सुरु हुने संसद् अधिवेशनमा ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई संशोधन गर्ने गरी प्रतिस्थापन विधयेकको तयारी गरिएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । अध्यादेशमार्फत ल्याएको बजेट वा कुनै पनि कानुन प्रतिनिधिसभाको बैठक बसेको ६० दिनभित्र संसद्मा पेश गर्नुपर्ने कानुनी प्रावधान अनुसार संसद् सुरु भएको पहिलो दिनमै पेश गर्ने तयारी भएको हो । तर, अध्यादेशमार्फत ल्याएको बजेटमा आवश्यक संशोधनका लागि सांसदहरुबाट प्रस्ताव आएपछि बजेटमा थपघट गरी विधयेक ल्याउने तयारी गरे पनि वर्तमान सरकारले विश्वासको मत लिनुअगाडि नै पेश गर्ने कि पछाडि भन्नेमा पनि निर्भर हुनेछ ।
नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई नै संसदमा पेश गर्ने बताइसकेका छन् । बजेटका कतिपय व्यवस्था जेठ १५ देखि नै र कतिपय व्यवस्था साउन १ देखि कार्यान्वयनमा आइसकेकोले सरकारले प्रतिस्थापन विधेयक ल्याउन लागेको हो ।
प्रतिनिधिसभा सुचारु भएको ६० दिनभित्र संसदमा अध्यादेश पेश नगरेमा स्वतः सो अध्यादेश निष्कृय हुने भन्दै दाहाल त्यस्तो अवस्था भएमा नयाँ बजेट ल्याउन सकिने बताउँछन् । ‘संविधानमा जेठ १५ मा बजेट ल्याउने भनेको छ,’ उनी भन्छन्, ‘तर, त्यो समयमा संसद् थिएन । त्यसैले यस्तो विशेष परिस्थितिमा आवश्यकताको सिद्धान्तले पनि काम गर्छ । नयाँ बजेट अर्थात् आर्थिक विधेयक ल्याउन सकिन्छ ।’
तर, दैनिक प्रशासन सञ्चालन गर्नुपर्ने भएकाले प्रतिस्थापन बजेटको सम्भावना भएको उनको तर्क छ । आगामी दिनमा बजेटको प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने कुरा संसद्मा भर पर्ने अर्थविद् प्रा.डा. चन्द्रमणि अधिकारी बताउँछन् । ‘बजेट सरकारले प्रस्तुत गरेको अध्यादेश भएकाले प्रतिनिधिसभा सुरु भएपछि संसदमा पेश गर्नु नै पर्छ । त्यसको संवैधानिक व्यवस्था नै छ,’ उनी भन्छन्, ‘अब बजेट के हुन्छ संसदको हातमा छ । अर्को बजेट ल्याऊ भन्न पनि सक्छ । यसैलाई संशोधन गरेर ल्याऊ भन्न पनि सक्छ ।’
यदि संसदले बजेटलाई ‘आफ्नो ढंगले प्रस्तुत गर’ भन्यो भने नयाँ बजेट ल्याउन सकिने उनी बताउँछन् । तर त्यसरी बन्ने बजेट सरकारमा सहभागी हुने पार्टीहरुबीचको न्यूनतम सहमतिका आधारमा बन्नुपर्ने अधिकारीको तर्क छ ।
त्यस्तै अर्थमन्त्री शर्माले अहिलेको अर्थतन्त्रको अवस्थालाई सम्वोधन गर्दै श्वेतपत्र समेत जारी गर्ने बताइसकेका छन् । यसरी ल्याइने श्वेतपत्र तथ्यमा आधारित हुनुपर्ने अधिकारी बताउँछन् । भन्छन्, ‘अहिलेको अवस्था, चुनौती, अवसर तथा अब जाने बाटो समेत निश्चित गरेर श्वेतपत्र ल्याउनुपर्छ, त्यो सही कदम हो ।’
साझा सहमति, श्वेतपत्र, महामारीमा सम्बोधन गर्नुपर्ने विषय र स्रोत र साधनको अवस्थालाई पुनः मूल्यांकन गरेर बजेट ल्याउनु उचित हुने उनको तर्क छ ।
त्यस्तै नयाँ सरकारले ओली सरकारको बजेटलाई जस्ताको तस्तै संसदबाट पास गर्न नहुने अर्थविद् प्रा.डा. रघुविर विष्ट पनि बताउँछन् । उनका अनुसार नयाँ सरकारले नयाँ बजेट ल्याउनुको विकल्प छैन । ‘ओली सरकारले अध्यादेशमार्फत चुनाबी बजेट ल्याएको हो,’ उनी भन्छन्, ‘न्यायालयले संसद् विघटन गरेपछिको समयलाई नै अवैध भनिसकेपछि त्यसभित्र भएका क्रियाकलापहरु पनि अवैध नै हुन्छन् । त्यसैले पनि नयाँ बजेट ल्याउनुपर्छ ।’
-कारोबार दैनिकबाट