संसद सचिवालयका तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २, साउन । संघीय संसद सचिवालयमा कार्यरत तीन कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संसद सचिवालयले संघीय संसदको अधिवेशनअघि आठ सय १ जनाको एन्टिजेन परीक्षण गराएको थियो । तीमध्ये तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । एन्टिजेन परीक्षणमा कोरोना भाइरस संक्रमण देखिएका तीन कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब पठाइएको छ ।
सभामुखसहित सात सय ९८ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
सभामुखसहित सात सय ९८ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।









