कांग्रेसले डाक्यो संसदीय दलको बैठक
काठमाडौँ, २, साउन । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। आइतबार दिउँसो २ बजे बैठक बस्न लागेको हो। संघीय संसद भवन, बानेश्वर स्थित ल्होत्से हलमा बैठक बस्नेछ।
गत बिहीबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गतेका लागि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।
पुनःस्थापित संसद बैठक भोलि अपरान्ह ४ बजे बस्दैछ।