image
image

एक वर्षदेखि पहिरोपीडित टेन्टमै

सङ्खुवासभा २ साउन  ।  सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरापीडित एक वर्ष बित्दा पनि अझै टेन्टमै बास बस्न बाध्य छन् । पहिराले विस्थापित भएका बेसिन्दा गाउँका ९७ घरपरिवार पुनःस्थापना हुन नसक्दा टेन्टमै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । 


गत वर्ष असार २८ गते राति आएको पहिराले सिलिचोङ–१ बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । सरोकारवाला निकायले चासो नदेखाउँदा विस्थापित परिवार अहिले पनि टेन्टमै बसिरहेका छन् । वर्ष दिन बितिसक्दासमेत पुनःस्थापना गर्न तीनै तहका सरकारले चासो देखाएको छैन । पहिराले घर बगाएका पीडितले ओत लाग्ने छानोसमेत पाएका छैनन् ।

हिउँद लागेपछि घरमै बसेका पहिरो पीडित घर बग्ने हो कि भन्ने चिन्तामा छन् । पहिराको उच्च जोखिम भएका कारण पानी पर्न थालेपछि घर बगाउने डरले टेन्टमै बसिरहेको स्थानीयवासी हीरालाल राईले बताए । गत वर्ष असार २८ गतेपछि पनि साना–साना पहिरो गइरहेका कारण घर छाडेर घरभन्दा केहीमाथि चित्रेमा टेन्टमै बसिरहेको स्थानीयवासी डम्बरबहादुर राईले गुनासो गरे । जोखिम भए पनि गाउँ छाडेर जाने ठाउँ नभएपछि केही घरपरिवार बेसिन्दामै बसिरहेको उनले जानकारी दिए । बेसिन्दामा ११८ घरपरिवारमध्ये अधिकांश परिवार जोखिम मोलेर बसिरहेका उनले बताए ।

गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङका अनुसार गाउँपालिकाले पहिरो पीडित ९७ परिवारमध्ये ५५ घरपरिवारलाई खाँदबारी नगरपालिकामा पुनःस्थापना गर्न लागिएको जानकारी दिए । उनले पीडितको इच्छा गरेका केही ठाउँमा पुनःस्थापना गर्न लागिएको बताए । त्यसैगरी २५ परिवारका लागि सिलिचोङ–१ मै रहेको चित्रे, १२ परिवारलाई बखल्टुमटार र अन्य पाँच परिवारलाई सोही क्षेत्र आसपास पुनःस्थापना गर्ने तयारी भइरेहको उनले जानकारी दिए ।

पुनःस्थापना लागि राख्न चित्रेमा र बखलटुङमा जग्गा खरिद गरेर राख्ने प्रक्रिया शुरु गरिएको उनी बताउँछन् । चित्रेमा २९ परिवारका लागि ३० रोपनी र बखलटुङमा १८ परिवारलाई राख्नका लागि नौ रोपनी जग्गा खरिद गर्ने तयारी गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।